Skip This
सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार o७:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप ‘स्मार्ट दाइ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार o७:२४:oo

सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टी ट्यांकी सफाइ, रुफट्यांक सफाइ, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेस्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङलगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एप्लिकेसनले सेवाग्राही र सेवाप्रदायकलाई एक–आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने दाबी गरिएको छ ।

 विशेष गरी सहरी क्षेत्रमा घरायसी र कर्पोरेट सेवाप्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवाप्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो–छरितो बनाउने कम्पनीले जनाएको छ ।