Skip This
शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३० आइतबार ११:३९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार ११:३९:oo

शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन गरिएको हो ।

बौद्धदर्शनमा आधारित उक्त उपन्यासको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, साहित्यकार नवराज लम्साल, भिक्षु महासंघका सचिव निग्रोध भन्ते, अग्रज्ञानी गुरुमा, शिखाबुक्सका प्रबन्धक पुष्पराज पौडेल, पब्लिक क्याम्पस संघ नेपालका महासचिव गोविन्दबहादुर कार्की तथा लेखकले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

उपन्यासकारलाई शुभकामना दिँदै निग्रोध भन्तेले बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको, राज्यका भाषा, साहित्य, संस्कृतिसम्बन्धी निकायहरूले बेवास्ता गरिरहेको अवस्थामा लेखक अधिकारीद्वारा बुद्धजीवनीमा आधारित उपन्यास लेखिनु सुखद कुरा भएको बताए ।

किताबको समीक्षा गर्दै कान्तिपुरका सम्पादक चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व भएको बताउँदै उनको प्रभाव राजनीतिमा झन् बढी रहेको बताए । बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उनको तर्क थियो । यस दिशातर्फ प्रेरित गर्न ‘अर्हत्’ उपन्यासमा प्रशस्त गुणहरू रहेको कुरा उनले बताए ।

अर्का समीक्षक साहित्यकार नवराज लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव गौतम बुद्ध रहेको बताए । सांख्य दर्शन जहाँ पुगेर रोकिन्छ त्यहीँबाट बुद्धले ज्ञानको नयाँ क्षितिज उघारेको कुरालाई उपन्यासकारले उपन्यासको वैचरिक विषय बनाएको उनको भनाइ थियो ।

शिखा बुक्सले बजारमा ल्याएको उक्त उपन्यास हार्डकभर र सफ्टकभरमा उपलब्ध छ । उपन्यासकार अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह यसअघि नै प्रकाशित भइसकेका छन् ।