१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १६ आइतबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १६ आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १६ आइतबार १३:o६:oo

नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीमा दुई कर्मचारीसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी र अर्का एकजना रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

रोजगारीको प्रलोभन दिएर उनीहरूले जबर्जस्ती सामूहिक करणी गरेको आरोप छ। गाउँपालिकाको अवासीय तालिम रहेको भनी उनीहरुले बालिकालाई मर्चवारबाट भैरहवाको एक होटेलसम्म पुर्‍याएको प्रहरी स्रोतको भनाइ छ। घटना अनुसन्धानमै रहेकाले थप जानकारी दिन नमिल्ने प्रहरीले जनाएको छ।