Skip This
जुवाखालबाट पालिकाका पूर्वअध्यक्षसहित नाैजना साढे १८ लाख नगदसहित पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ ३० आइतबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुवाखालबाट पालिकाका पूर्वअध्यक्षसहित नाैजना साढे १८ लाख नगदसहित पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १२:२५:oo

मोरङ प्रहरीले जुवाखालमा छापा मारेर गाउँपालिकाका पूर्वअध्यक्षसहित नाैजनालाई साढे १८ लाख नगदसहित पक्राउ गरेको छ।

विभिन्न जिल्लाबाट पेसेवर जुवाडेहरू आएर नियमित जुवा खेल्ने गरेको सूचना पाएपछि प्रहरीले मोरङको ग्रामथान गाउँपालिका– ४ मोतीपुरको अखडामा छापा मारेको थियो। सो क्रममा गाउँपालिकाका पूर्वअध्यक्षसहित नाैजना नगद १८ लाख ५१ हजार पाँच सय रुपैयाँसहित शनिबार राति पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा ग्रामथान गाउँपालिका पूर्वअध्यक्ष शिवनारायण माझी, सुनसरी दुहबी नगरपालिका– ६ का ४५ वर्षीय जयकिशोर साह, धरान उपमहानगर– १५ का युवक राई, झापा दमक नगरपालिका– १० का ऋतुवर्ष नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका– १ का ५० वर्षीय जनक मास्के, सुन्दरहरैँचा नगरपालिका– ३ का प्रताप राई र लेटाङ नगरपालिका– ९ का लोकनाथ सापकोटा तथा महोत्तरीका ४५ वर्षीय महेश साह र ग्रामथान गाउँपालिका– ४ का अरिलाल माझी छन्।

पक्राउ परेकाहरू सबैलाई इलाका प्रहरी कार्यालय बेलबारीले आइतबार जुवा कसुरमा अदालतमा म्याद थपेर अनुसन्धान गर्ने मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए।