Skip This
घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार o९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o९:२९:oo

दाङको घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध भएकाे छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाईएको डाइभर्सन बगेको छ । बाढीले शनिबार बिहान डाइभर्सन बगाएको हो । डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ । सेवारखोलामा हाल पुल निर्माणको काम अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।  

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । यस खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ ।

घोराही–तुलसीपुर सडक खण्डको अधिकांस खोलामा पुल बनिसकेका छन् । अब भने सेवार खोला र हापुर खोलमा पुल निर्माण गर्न बाँकी छ ।  सेवार खोलामा पुल निर्माण भइरहेकाले अब भने हापुर खोलामा पुल निर्माणकालागि प्रक्रिया अगाडि बढाउनुपर्ने यात्रुहरुको माग छ । 

तुलसीपुर–लमही सडकखण्ड अन्तर्गत कटुवा खोला, सेवार खोला, बबई खोला,  गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला, सक्राम खोलामा भने पुल निर्माण भइसकेका छन् ।