१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १५ बिहीबार ०७:५०:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १५ बिहीबार ०७:५०:००

एलपी ग्यासको मूल्य र तौल दुईथरी निर्धारण गर्नु कत्तिको आवश्यक छ ?
औद्योगिक प्रयोजनका लागि चार सय ५० किलो तौलको ठूलो सिलिन्डर आवश्यक छ । विभिन्न उद्योगले अहिले त्यसको माग पनि गरिरहेको अवस्था छ । त्यसैले, आयल निगम र बोटलिङ प्लान्टले सहकार्य गरी उद्योगको मागअनुसार ठूलो क्षमताका सिलिन्डर प्रचलनमा ल्याउनु आवश्यक भइसकेको छ ।

पटक–पटक दुईथरी मूल्य र तौलको विषय उठिसकेको छ, तर कार्यान्वयन किन नभइरहेको होला ?
विगतमा भएको असफल प्रयासलाई गम्भीर रूपमा लिई यसपटक आवश्यक सबै तयारी गरेर ठोस कदम चाल्नुपर्छ । बोटलिङ प्लान्ट र निगम अधिकारीबीच विस्तृत छलफल र गृहकार्य गरेर यसपटक ठूलो क्षमताको सिलिन्डर प्रचलनमा ल्याउन आवश्यक छ । हामी पनि निगमसँग सहकार्य गरेर अलि गहन छलफलपछि मात्र एलपी ग्यासमा दुईथरी मूल्य र तौल लागू होस् भन्ने चाहन्छौँ ।

एलपी ग्यासमा दुईथरी मूल्य र तौल लागू गर्न के–कस्तो प्रावधान ल्याउनु जरुरी छ ?
अहिले देशभर १४.२ किलो र पाँच किलोका सिलिन्डर मात्र प्रयोगमा रहने कानुनी व्यवस्था छ । यसमा संशोधन गरी चार सय ५० किलो तौलका सिलिन्डर पनि प्रयोगमा ल्याउने विषय कानुनमै समेटिनुपर्छ । त्यस्तै, मूल्य पनि देशभर एउटै हुने भन्ने छ । यस व्यवस्थालाई पनि संशोधन गरी फरक–फरक मूल्य तोक्न सकिने व्यवस्था हुनुपर्छ । यस्ता कानुनी व्यवस्थालाई संशोधन गर्ने हो भने ठूलो क्षमताका सिलिन्डर तयार गरेर बजारमा उपलब्ध गराउन बोटलिङ प्लान्ट र सिलिन्डर निर्माण कम्पनीलाई समस्या छैन ।