Skip This
वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:o८:oo

नेपालमा औलो रोगको स्थिति कस्तो छ ?
सामान्यतः औलो दुई किसिमको हुन्छ । यतैका रोगीलाई एनोफिलिस नामको लामखुट्टेले टोकेर अर्को स्वस्थ व्यक्तिलाई सार्छ भने त्यसलाई हामी रैथाने औलो भन्छौँ भने विदेशबाट आएका रोगीबाट सर्ने औलोलाई आयातित औलो भन्छौँ । विशेषगरी छिमेकी भारतका महाराष्ट्र, चन्डीगढजस्ता राज्यबाट औलो नेपाल भित्रिने गरेको छ । महाराष्ट्रमा त औलो सहरभित्रै पसिसकेको अवस्था छ । हामीकहाँ आयातित औलोका रोगी निकै धेरै र स्थानीय औलोका रोगी निकै कम छन् । 

उच्च पहाडी र हिमाली क्षेत्रमा पनि औलो भेटिनुले के संकेत गर्छ ?
नेपालमा विसं २०२५ मै पनि मुगुमा औलोका रोगी भेटिएका थिए । तर, सामान्यतः ३५ सय मिटरभन्दा माथि औलो जाँदैन र त्यसभन्दा माथि बसोबास गर्नेलाई ‘डाइग्नोसिस’ गरिरहनुपर्दैन भन्ने मान्यता छ । तर, सानो भए पनि लामखुट्टेलाई अति ठुलो बुद्धि भएको जीव मानिन्छ । ‘ग्लोलब वार्मिङ’का कारण तराई क्षेत्रमा बस्नै नसक्नेगरी तापक्रम वृद्धि हुन थालेपछि लामखुट्टे खोलैखोलाबाट चुरे पहाड हुँदै माथितिर उक्लिँदै गएपछि औलो पनि माथिमाथि सर्दै गएको हो । अहिले चर्को गर्मीमा तराई क्षेत्रमा लामखुट्टे त्यति धेरै नदेखिनुको कारण पनि त्यही हो । लामखुट्टे नै माथिमाथि सर्दै गएपछि औलो पनि सर्ने नै भयो । 

सन् २०२५ सम्ममा नेपाल औलोमुक्त हुन सक्ने सम्भावना कति छ ?
अहिलेको स्थिति हेर्दा त्यो सम्भव छैन । यसका लागि निकै ठुलो मिहिनेत र सशक्त कार्यक्रम आवश्यक छ । बजेटभन्दा पनि प्रतिबद्धता र कार्यक्रमको खाँचो छ । 
 

ad
ad