१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३७:oo

कोशी प्रकरणको राजनीतिक सन्देश के हो ?
अहिले राजनीतिक समस्या प्रदेशमा होइन, काठमाडौंमा छ । संघीय सरकारको गठबन्धनले उत्पन्न गरेको परकम्प मात्र देखिएको हो प्रदेशको राजनीतिमा । यथार्थमा प्रदेशको राजनीतिले संघको राजनीति तय गर्नुपर्ने थियो । तर, यहाँचाहिँ ठिक उल्टो भइरहेको छ । संघको राजनीतिक अस्थिरताको छाया प्रदेशमा परिरहेको छ । त्यसैको एउटा झिल्को कोशीमा पनि देखिएको हो । 

मुख्यमन्त्री र अन्य दलहरूको अबको ‘मुभ’ कस्तो होला ?
संघमा पुरानो गठबन्धन ढल्यो र नयाँ गठबन्धन बन्यो । सोही गठबन्धनअनुसार नयाँ सरकार गठन भयो । संघमा पुरानो गठबन्धन भत्किनु र नयाँ गठबन्धन बन्नुको मुख्य कारण नै कोशीको सरकार गठनलाई मानियो । यसलाई स्वयं प्रधानमन्त्री प्रचण्डले नै स्विकारिसक्नुभएको छ । कांग्रेस नेता शेखर कोइराला समूहको चलखेलबाट कोशीमा नयाँ सरकार बनिसकेपछि नै कांग्रेसले संघको गठबन्धनसँगै सरकारसमेत गुमायो । अहिले दलहरू एकअर्कालाई गलाउन र थकाउन काठमाडौंमा खिचडी पकाइरहेका छन् र त्यसको छाया विराटनगरमा परेको मात्र हो । त्यसैले, अब मुख्यमन्त्री या प्रदेशमा क्रियाशील नेताको होइन, काठमाडौंको ‘मुभ’ कस्तो होला भनेर हेर्नुपर्ने हुन्छ ।  

कोशीमा मध्यावधिको सम्भावना कति देख्नुहुन्छ ?
कोशीमा मात्र होइन, यतिखेर गण्डकी, सुदूरपश्चिमलगायत प्रदेशमा पनि मध्यावधिको सम्भावना देखिँदै छ । अहिले संघीय व्यवस्थाप्रति नै असहमति राख्ने शक्तिहरूले बल पाइरहेका छन् । यस्तो अवस्थामा संघमा बस्ने दलका नेतृत्वले कस्तो भूमिका खेल्छन्, त्यसले नै निर्धारण गर्नेछ मध्यावधि निर्वाचनको भविष्यलाई । यसका लागि इलाम— २ मा हुन लागेको उपनिर्वाचन ‘लिटमस टेस्ट’ बन्न सक्छ । 
 

ad
ad