१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १३ मंगलबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० चैत १३ मंगलबार १५:५०:००

दैलेखको सिगौडीबाट राकम कर्णालीतर्फ जाँदै गरेको  भे.२प ४८६ नम्बरको खाली ट्याक्टर दुर्घटनामा परेर घाइते चालकको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। 

सोमबार दिउँसो आठबीस नगरपालिका– २ साई खोलानजिक दरेढुंगामा ट्याक्टर दुर्घटना भएको थियो। घटनालगत्तै घाइते भएका चालक अछाम तुर्माखाँद गाउँपालिका– ६ का हिमाल माझीलाई थप उपचारका लागि सुर्खेत लगिएको थियो। मंगलबार उपचारकै क्रममा सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

दुर्घटनालगत्तै प्रहरी हवल्दार वीरसिंह विकको टोली घटनास्थल पुगेर उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिएका छन्।