Skip This
बझाङमा करिब ४८ प्रतिशत मत खस्याे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा करिब ४८ प्रतिशत मत खस्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:२२:oo

बझाङ प्रदेश सभा (१)मा भएको उपनिर्वाचनमा करिब ४८ प्रतिशत मत खसेको छ। 

प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थलका ९४ मतदान केन्द्रमा शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा करिब ४८.१६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

कुल ६१ हजार सात सय ४८ मतदाता रहेकामा करिब २९ हजार सत सय मत खसेको बताइएको छ। यो विवरण ४ बजेसम्मको भएकाले यकिन विवरण आउँदा संख्या केही बढ्न सक्ने उनले बताए।

निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान सकिएलगत्तै सडकको पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन सुरु गरिएको छ। सडक सञ्जालसँग नजोडिएकाे साइपाल गाउँपालिकाका ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइने बझाङका डिएसपी भरत शाहले बताए।

बझाङमा साँझ मौसममा बदली देखिएको छ। मौसम प्रतिकूल भएको र समय अपुग हुने भएकाले मतपेटिका आइतबार बिहान ल्याइने शाहले बताए। मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक बसी मतगणनाको प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चुनावी मैदानमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्नपासहित १२ दलका उम्मेदवार छन्।
 

ad
ad