१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सुवास भट्ट काठमाडाैं
२०८० फाल्गुण १ मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

विश्वभर ४० हजारभन्दा बढी सुरक्षा व्यावसायिक कर्मचारी नवीन प्रविधिलाई प्रयोग गरेर हाम्रो बलियो ‘कम्युनिटी गाइडलाइन’ कार्यान्वय गर्न सक्रिय छन् ।

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०८० फाल्गुण १ मंगलबार ०७:३५:००

प्रतिबन्ध फुकुवाका लागि टिकटकले पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको छ । पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिएको छ ।

नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

विश्वव्यापी डिजिटल प्लाटफर्मका रूपमा प्रयोगकर्ता र प्लाटफर्मको सुरक्षा प्रत्याभूत गराउनु आफ्नो प्रमुख दायित्व रहेको टिकटकले पत्रमा उल्लेख गरेको छ । त्यही उद्देश्यका लागि ‘कम्युनिटी गाइडलाइन्स’ भनिने एक विश्वव्यापी सञ्जाल निर्माण गरेको जानकारी पनि टिकटकले गराएको छ । ‘विश्वभर ४० हजारभन्दा बढी सुरक्षा व्यावसायिक कर्मचारी नवीन प्रविधिलाई प्रयोग गरेर हाम्रो बलियो ‘कम्युनिटी गाइडलाइन’ कार्यान्वय गर्न सक्रिय छन् ।’ टिकटकले पत्रमा भनेको छ । 

सामग्रीको स्थानीय, सांस्कृतिक र कानुनी सन्दर्भप्रति आफू सचेत रहेको टिकटकले उल्लेख गरेको छ । नेपाल सरकारलाई पठाएको यसअघिको पत्रमा नेपालमा गत दुई वर्षमा यसतर्फ उठाएका कदमबारे विस्तारमा बताएको पनि टिकटकले पत्रमा भनेको छ । 

नेपालमा व्यवसाय निरन्तरताका लागि प्रमुख पाँच क्षेत्रमा ध्यान केन्द्रित गराउन र त्यसप्रति प्रतिबद्ध रहेको टिकटकले पत्रमा जनाएको छ । प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्दै टिकटकले सहयोगको याचनासमेत गरेको छ । 

यस्ता छन्  टिकटकका प्रतिबद्धता 

  • नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ
  • सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ 
  • सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने 
  • देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ
  • हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ