१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष २१ शनिबार ०९:४८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कपकाे फाइनलमा लालीगुराँस युवा क्लब  र बेँसीसहर युथ सोसाइटी भिड्ने

Read Time : < 1 मिनेट
२०८० पौष २१ शनिबार ०९:४८:००

लमजुङको सदरमुकाम बेँसीसहरमा जारी ३१औँ संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा लालीगुराँस युवा क्लब भुजुङ र बेँसीसहर युथ सोसाइटी भिड्ने भएका छन्। शुक्रबार भएको पहिलो सेमिफाइनलको खेलमा लालीगुराँस भुजुङले अभिषेक चर्च रजहर नवलपुरलाई २–१ गोलले पराजित गरी फाइनलको यात्रा तय गरेको हो।

पहिलो खेलमा लालीगुराँस भुजुङका खेलाडी फोडे फोफना प्लेयर अफ द म्याच घोषित भए। यस्तै, सेमिफाइनलको दोस्रो खेलमा बेँसीसहर युथ सोसाइटीले लाङ्दीदेवी युवा क्लब नाल्मालाई २–१ गोलले हराउँदै बेँसीसहर युथ सोसाइटी फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगितामा बेँसीसहरका आशिष चौधरी खेलको प्लेयर अफ द म्याच घोषित भए। ३१औँ त्रिवेणी कपमा विजेता टिमले ८ लाख रुपैयाँसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ४ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन्।

सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर नवलपुर र लाङ्दीदेवी युवा क्लबले १–१ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०/२० हजार रुपैयाँ दिइनेछ। प्रतियोगितामा देशभरबाट २१ टिम सहभागी थिए। फाइनल प्रतियोगिता शनिबार दिउँसो २ बजे हुने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ।