Skip This
त्रिवेणी कप पुस १२ देखि, विजेताले आठ लाख पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कप पुस १२ देखि, विजेताले आठ लाख पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १३:४८:oo

आगामी १२ पुसदेखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ। त्रिवेणी युवा क्लबले मंगलबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी ३१औँ त्रिवेणी कपबारे जानकारी दिएको हो।

प्रतियोगितामा पहिलो हुने समूहलाई नगद आठ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुने समूहलाई रजत पदकसहित नगद चार लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद एक–एक लाख प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।

गत वर्ष विजेता टिमलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो। अध्यक्ष घिमिरेका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद २०–२० हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा ४७ लाख १० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ। प्रतियोगिता बेँसीसहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा हुनेछ। प्रतियोगिताका लागि टिम दर्ता शुल्क २० हजार रहेको आयोजकले जनाएको छ।

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष घिमिरेले बताए।

ad
ad