Skip This
त्रिवेणी कप : लालीगुराँस र बेँसीसहर युथ सेमिफाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कप : लालीगुराँस र बेँसीसहर युथ सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:५o:oo

बेँसीसहरको सहजी खेलमैदानमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१औँ संस्करणअन्तर्गत बिहीबारको खेलबाट लालीगुराँस युवा क्लब भुजुङ र बेँसीसहर युथ सोसाइटी लमजुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विभागीय टिम नेपाली सेनाको नेपाल आर्मी क्लबलाई २–० गोलले हराउँदै लालीगुराँस भुजुङ सेमिफाइनल प्रवेश गरेको हो । पहिलो पुरस्कार आठ लाख रुपैयाँ रहेको प्रतियोगितामा सेमिफाइनलमा प्रवेशसँगै लालीगुराँस कम्तीमा एक लाख रुपैयाँ पुरस्कारको हकदार बनेको छ । 

नेपाल आर्मीले पहिलो हाफमा दिएको दबाबका बाबजुद पहिलो हाफको १९औँ मिनेटमा लालीगुराँसका विशाल घलानले पहिलो गोल गर्न सफल भएका थिए । लालीगुराँसकै तर्फबाट खेलको ३४औँ मिनेटमा नीरज चौधरीले गोल थपेका थिए । खेलमा प्लेयर अफ दी म्याच घोषितसँगै लालीगुराँस भुजुङका खेलाडी विशाल घलानले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

भुजुङले फाइनल प्रवेशका लागि शुक्रबार बिहान ११ बजे अभिषेक चर्च रजहर नवलपुरको सामना गर्नेछ । क्वार्टरफाइनलको अन्तिम खेलमा बेँसीसहर युथ सोसाइटी लमजुङले एलजी एसोसिएसन पोखरालाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा उत्तरार्ध दोस्रो हाफको ३८औँ मिनेटमा विदेशी खेलाडी स्टेफन बिनोङले निर्णायक गोल गर्दै बेँसीसहर युथ सोसाइटीलाई सेमिफाइनलमा प्रवेश गराएका हुन् । कर्नरकिकबाट आएको पासलाई सदुपयोग गर्दै बिनोङले प्रहार गरेको बलले जाली चुम्दा गोलमा परिणत भएको थियो । सेमिफाइनल प्रवेशसँगै बेँसीसहर युथ सोसाइटी पनि कम्तीमा एक लाख रुपैयाँ पुरस्कारको हकदार बनेको छ ।

फाइनलका लागि शुक्रबार बेँसीसहर युथ सोसाइटीले लाङ्दी देवी युवा क्लब नाल्माको सामना गर्नेछ । त्रिवेणी कपको ३१औँ संस्करणमा विजेताले आठ लाख रुपैयाँ, उपविजेताले चार लाख रुपैयाँ र सेमिफाइनलमा पराजित दुई टिमले एक–एक लाख रुपैयाँ पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।


 

ad
ad