१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अझै बस्न सकेन कार्यव्यवस्था समिति बैठक, दलहरू आन्तरिक छलफलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:४६:oo

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको छ।

दलहरू आन्तरिक छलफलमा रहेकाले साढे १२ बोलाइएको समितिको बैठक बस्न नसकेको समिति सदस्य प्रदीप यादवले जानकारी दिए। 

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक  प्रभावित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने गर्छ। 

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बाेलाइएकाे थियाे। आज सदनमा दलका शीर्ष नेताले सम्बाेधन गर्ने प्रस्ताव छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीकाे संलग्नतालाई लिएर संसदीय छानबिन समितिलाई बटमलाइन बनाएकाे छ। 

 

ad
ad