Skip This
त्रिवेणी कपमा देशभरका २१ क्लब भिड्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १२:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कपमा देशभरका २१ क्लब भिड्दै

विजेताले आठ लाख पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:३९:oo

लमजुङको बेँसीसहरमा बिहीबार (आज)बाट हुने ३१औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा देशभरबाट २१ वटा क्लब भिड्दै छन्। 

त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ। प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। 

आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए। उनका अनुसार यस वर्ष खेलाडी दर्शकको सहजताका लागि थप प्याराफिटहरू निर्माण गरिएका छन्।

यस वर्ष विभागीय टिमहरू त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लब साथै क्विन गोर्खाज युकेलगायत प्रतिष्ठित टिमहरूले भाग लिनेछन्। उद्घाटन खेल आयोजक त्रिवेणी युवा क्लब र सुन्दरबजार फुटबल क्लबबीच हुनेछ। 

प्रतियोगितामा पहिलो हुने समूहलाई नगद आठ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुने समूहलाई रजत पदकसहित नगद चार लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद एक–एक लाख प्रदान गरिने क्लबका अध्यक्ष  घिमिरेले बताए।

गत वर्ष विजेता टिमलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो। अध्यक्ष घिमिरेका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद २०–२० हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा ४७ लाख १० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ। प्रतियोगिता बेँसीसहरमा रहेको सहजी खेलमैदान त्रिवेणी रंगशालामा हुनेछ। 

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष घिमिरेले बताए। 

जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३१ वर्षको अवधिमा प्रथम पुरस्कार आठ लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष घिमिरेले बताए। 

ad
ad