१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १४:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

२५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी तीव्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:o२:oo

लुम्बिनी विकास कोषले २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी सुरु गरेको छ। 

जेठ १० गते परेको बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा गर्ने गरी तयारी तीव्र पारिएको छ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी औपचारिक रूपमा निम्ता दिएका छन्।

उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्धजयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिए। 

उक्त अवसरमा कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, प्रशासन शाखाका नमराज अधिकारीको उपस्थिति रहेको थियो। 
 
बुद्धजयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउन कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा पाँच सय ६८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए।  

उनले कोषले बुद्धजयन्तीलाई उत्सवका रूपमा मनाउन नाैवटा विभिन्न उपसमिति गठन गरिएको बताए।

दिवसका अवसरमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदूतलगायतका उच्च ओहोदाका व्यक्तिहरूलाई निम्ता गरिएको कोषले जनाएको छ।  

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ। बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ।

बुद्धपूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन्।

यस्तै, नेपालसहित चीन, भारत, युरोपलगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ। नेपालमा तत्कालीन राजा त्रिभुवनले वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता पाएपछि नेपालमा रहेको लाखौँ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन्। 

लुम्बिनीमा वि.सं. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मनाउन थालेको हो।

विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तर्राष्ट्रिय रूपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी ‘वैशाख डे’का रूपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ।

ad
ad