Skip This
लमजुङमा त्रिवेणी कपको ३१औँ संस्करण सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लमजुङमा त्रिवेणी कपको ३१औँ संस्करण सुरु

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका २१ क्लबकाे सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:३१:oo

प्रतियोगितामा पहिलो हुने समूहलाई नगद आठ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ

लमजुङ सदरमुकाम बेँसीसहरको सहजी खेलमैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको ३१औँ संस्करण सुरु भएको छ। विगत ३१ वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु भएको हो।

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटबल प्रतियोगितामा देशभरका २१ क्लबले भाग लिएका छन्। प्रतियोगिताकोे गण्डकी प्रदेश सभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गरे । पौडेलले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गरी खेलको विकास र खेलाडीले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए।

उनले भने, ‘जिल्लामा प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लब हो। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्छ।’ पौडेलले खेलमैदानलाई थप व्यवस्थित गर्न आवश्यक रहेको र यसका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए । बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सहजी खेलमैदानलाई थप व्यवस्थित गर्न नगरपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा पहिलो हुने समूहलाई नगद आठ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुने समूहलाई रजत पदकसहित नगद चार लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद एक–एक लाख प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए। गत वर्ष विजेता टिमलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो।

अध्यक्ष घिमिरेका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद २०–२० हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष घिमिरेले बताए।

जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३१ वर्षको अवधिमा प्रथम पुरस्कार आठ लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष घिमिरेले बताए ।

यस वर्ष खेलाडी दर्शकको सहजताका लागि थप प्यारापिटहरू निर्माण गरिएका छन् । प्रतियोगितामा विभागीय टिमहरू त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लब साथै क्विन गोर्खाज युकेलगायत प्रतिष्ठित टिमहरुले भाग लिएका छन् ।

सहजी खेलमैदानमा भएको उद्घाटन खेलमा सुन्दरबजार फुटबल क्लबले आयोजिक त्रिवेणी युवा क्लबलाई ३–१ गोल अन्तरले हराएको छ । शुक्रबार तीन खेल हुने आयोजकले जनाएको छ । 
 

ad
ad