१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले भन्यो- संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:३o:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता थप पुष्टि भएको दाबीसहित संसदीय छाबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय गरेकाे  प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

उनले भने, ‘लाखौँ लेपाली नागरिक पैसा सहकारीमा जम्मा गरिएको थियो। यो रकम अपचलन, हिनामिना र ठगी भएको छ। सहकारीमा बचत जम्मा गरेका नागरिकको रकम फिर्ताको ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही र गृहमन्त्रीको संलग्नताबारे निष्पक्ष छानबिन लागि संसदीय छानबिन समिति माग गरेका छौँ। त्यो आवश्यक छ भन्ने थप पुष्टि हुँदै गएको छ।यो कांग्रेसको मात्रै रहेन अब। सबैको सरोकारको विषय भइसक्यो। गृहमन्त्रीको संलग्नताबारे तथ्य प्रमाण फेला परेका छन्।  यो हाम्रो बटमलाइन हो।’ 

उनले सरकारले गैरजिम्मेवार र सहकारी ठगी प्रकरण जोगाउन राज्यको संयन्त्रकै दुरुपयोग गरेको आरोप लगाए। उनले भने, ‘संसद्को अधिवेशन अन्त्य गरेर सरकारले गरेको गैरजिम्मेवार र असंवेदनशील कार्यप्रति सचेत गराउने निर्णय भएको छ। संसदीय छानबिन समिति गठन नहुँदा सदनमा हुने अवरोधको जिम्मा सरकारले लिनुपर्छ।’ 

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्दै छ। अधिवेशनको प्रारम्भमा दुवै सदनमा दलका शीर्ष नेताले सम्बाेधन छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई रास्वपा सभापतिकाे हैसियतमा बाेल्न दिने निर्णय गरेकाे छ। 

ad
ad