मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Thursday, 19 December, 2024
एजेन्सी नेपिडो
२o८o श्रावण १७ बुधबार o७:४८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सुकीले पाइन् आंशिक माफी

Read Time : < 1 मिनेट
एजेन्सी, नेपिडो
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार o७:४८:oo

 म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्यहाँको सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँचवटा आपराधिक मुद्दामा माफी दिइएको म्यानमारको सरकारी सञ्चार माध्यमले जनाएको छ । केही मुद्दामा माफीपछि पनि सुकीले १४ अन्य मुद्दामा लड्नुपर्नेछ । म्यानमारमा मनाइने आषाढ पूजाका अवसरमा सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीविरुद्धका पाँचवटा मुद्दालाई मुल्तबीमा राखेर क्षमादान गरिएको हो । 

सुकीलाई भ्रष्टाचार, ‘वाकिटकी’ राखेको, कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारवास सजाय तोकिएको छ । दुई वर्षअघि ‘नेसनल लिग फर डिमोक्रेसी’की नेतृ सुकीको सरकारलाई अपदस्थ गरेयता म्यानमारका विभिन्न भागमा भएका आन्दोलनमा सैन्य सरकारले करिब ६ हजार सर्वसाधारणको ज्यान लिएकोे अधिकारवादी समूहले बताएका छन् ।

तथापि म्यानमारका स्थानीय निकायले तीन हजार आठ सयजनाभन्दा बढीले ज्यान गुमाएका बताएको छ भने सैनिक अधिकारीले त्यो संख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन् । त्यस्तै म्यानमारको सैन्य सरकारले देशमा लागू संकटकाललाई थप ६ महिनाका लागि थपेको छ ।