१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Tuesday, 10 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १५ शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु टोली मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार १५:४३:oo

मलेसियामा जारी एसिसी इस्ट जोन यू– १६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो। यस जितसँगै नेपाल समूह ‘ए’ को विजेतासमेत बन्यो। 

नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए। 

त्यस्तै, कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए। त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए। त्यस्तै, सन्तोष यादवले दुई विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो। नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको  योगदान दिए। सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए। त्यस्तै, दीप भुजेलले १५ रन जोडे। नीरजकुमार यादव आठ रनमा आउट भए। 

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई–दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे। यस हारसँगै मलेसिया समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।