१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सातै प्रदेशका उत्कृष्ट सात शिक्षक पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार o७:३१:oo

सामुदायिक विद्यालयमा कार्यरत सात प्रदेशका उत्कृष्ट सात शिक्षकलाई पिपी प्रसाईं फाउन्डेसनले ‘उत्कृष्ट शिक्षक पुरस्कार२०८१’ बाट सम्मानित गरेको छ । बिहीबार शिक्षामन्त्री विद्या भट्टराईले उनीहरूलाई नगद पचास हजार पुरस्कारसहित सम्मान गरेकी हुन् ।

पुरस्कार पाउने शिक्षकमा कोशी प्रदेशका मातृकाप्रसाद दाहाल (फिक्कल माध्यमिक विद्यालय), मधेश प्रदेशका रामकृपाल महतो (जनता माध्यमिक विद्यालय), बागमती प्रदेशका अम्बिका धिताल (महेन्द्रग्राम माध्यमिक विद्यालय) छन् । यसैगरी, गण्डकी प्रदेशका सन्तोष आचार्य (माछापुच्छ«े माध्यमिक विद्यालय), लुम्बिनी प्रदेशका युवराज कँडेल (कालिका मानविज्ञान माध्यमिक विद्यालय), कर्णाली प्रदेशका अशोककुमार राई (अमरज्योति माध्यामिक विद्यालय) र सुदूरपश्चिम प्रदेशकी चन्द्रकला दवाडी (सरस्वती माध्यमिक विद्यालय) छन् । 

प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ट विद्यालय पुरस्कारसहित एक लाख नगद र सातै प्रदेशमा एक–एकजनालाई उत्कृष्ट शिक्षक पुरस्कारसहित पचास हजार नगद र सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।

देशभरबाट आवेदन माग गरी प्रतिष्ठानले शिक्षा अभियन्ता धनन्जय शर्माको संयोजकत्वमा निर्णायक समिति बनाई विभिन्न प्रक्रियामार्फत शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरेको फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईले बताए । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको प्रोत्साहनका लागि फाउन्डेसनले पुरस्कार र शिक्षक तालिमका क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।

पाण्डेलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेलाई मरणोपरान्त ‘पिपी प्रसाईं टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२४’ प्रदान गरिएको छ । बिहीबार शिक्षामन्त्री विद्या भट्टराईले पिपी प्रसाईं फाउन्डेसनले स्थापना गरेको अवार्ड पाण्डेका छोरा प्रवीणलाई हस्तान्तरण गरेकी हुन् ।