१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २५ मंगलबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता गोष्ठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार १o:१९:oo

स्वावलम्बन लघुवित्त वित्तीय संस्था, लुभु ललितपुर शाखाले एकदिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । ‘एक सदस्य एक लघुवित्त’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायजस्ता विषयमा केन्द्रित थियो ।

कार्यक्रममा प्रमुख अतिथि महालक्षमी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले संस्थाले ग्राहक सदस्यलाई ससानो आकारको बचत गर्ने बानीको विकास गराउने, बहुबैंकिङबाट बच्न सिकाउने, कर्जा कारोबार गरी उद्यमशील बनी आर्थिक रूपमा सक्षम बनाउनेलगायतका काम गर्दै आएकामा संस्थाको प्रशंसा गरे । 

त्यस्तै, संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । साथै, यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यापार–व्यवसायलाई सफल बनाउन सुझाव दिए ।