Skip This
नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १ मंगलबार १२:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १२:३o:oo

इन्डोनेसियाको पर्यटन तथा क्रियटिभ–इकोनोमीसम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियामा नेपाली पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले काठमाडौंमा सेल्स मिसन गरेको छ। सेल्स मिसनमा बंगलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावाससहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीले सहकार्य गरेका थिए।

इन्डोनेसियामा नेपाली पर्यटकको संख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेसियाले थप प्रवर्द्धनका कार्यक्रम ल्याएको बताइएको छ। नेपालबाट इन्डोनेसिया जाने पर्यटकको संख्या सन् २०२२ को तुलनामा सन् २०२३ मा १८६ प्रतिशतले बढेको थियो। 

पर्यटक संख्या सन् २०२४ को जनवरीदेखि जुलाईसम्म सन् २०२३ को सोही अवधिको तुलनामा ७०.४८ प्रतिशतले वृद्धि भएको थियो। 

कार्यक्रममा इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनीले इन्डोनेसिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरू उत्साहित रहेको बताइन्। पर्यटकको संख्या बढाउन विभिन्न प्रवर्द्धनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने उनको भनाइ थियो।

सेल्स मिसनमा सहभागीहरूले नेपाली पर्यटकलाई इन्डोनेसिया जान कनेक्टिभिटी र भिसा मुख्य चुनौतीको विषय रहेको बताएका थिए। नेपालसँग प्रत्यक्ष सम्पर्क नभए पनि अन्य सहर वा पर्यटकीय हब मलेसिया, सिंगापुरलगायतको कनेक्टिभिटीलाई उपयोग गर्नुपर्ने मार्थिनीले बताइन्। 

नेपाली पर्यटकले इन्डोनेसिया भ्रमण गर्न भिसाका लागि बढी रकम तिर्नुपर्ने गुनासोलाई सम्बोधन गर्दै मार्थिनीले इन्डोनेसियाको भ्रमण प्याकेज अन्य देशको तुलनामा उचित मूल्यको भएकाले भिसा शुल्कले भार नपर्ने बताइन् ।

काठमाडौंमा भएको वन्डरफुल इन्डोनेसिया सेल्स मिसनमा बाली र त्यसभन्दा बाहिरका पाँचवटा नयाँ गन्तव्य प्रस्तुत गरिएको थियो। जसमा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका पाँच मुख्य गन्तव्य समावेश थिए। सो अवसरमा सेल्स मिसनले माइस पर्यटन (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी), परिवार, विवाह, हनिमुन र विलासितासहितका प्याकेज प्रस्तुत गरेको थियो।

नेपाल भ्रमणका क्रममा उपमन्त्री मेड मार्थिनीले बंगलादेश र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरू हर्तान्तो सुबोलोसँग नेपाल पर्यटन बोर्डका अधिकारीहरूसँग भेट गरी पर्यटन क्षेत्रमा सहयोग सुदृढ गर्न दुवै पक्षको प्रयास र प्रतिबद्धताबारे छलफल पनि गरेका छन्। सेल्स मिसनले ‘इन्डोनेसियामा नेपाली पर्यटकहरूलाई सहज पहुँच प्रदान गर्न सरोकारवालाहरूसँग थप सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।