काठमाडाैं । एनआइसी एसिया बैंकले वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो आधिकारिक वेबसाइट र अन्य अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। बैंकले आकस्मिक सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमबाट बच्न वेबसाइट तथा ई–सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो।
बैंकका अनुसार हाल जोखिम मूल्यांकन गर्ने काम भइरहेको छ। सम्भावित समस्या पहिचान गरी प्रणालीलाई पूर्ण रूपमा सुरक्षित बनाउने प्रक्रिया पूरा भएपछि सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।
सेवा अस्थायी रूपमा बन्द हुँदा ग्राहक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१०१ वा इमेल[email protected] मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।