Skip This
मेटाद्वारा विदेशी हस्तक्षेपका गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १२:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मेटाद्वारा विदेशी हस्तक्षेपका गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १२:४४:oo

टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रुसी सरकारसमर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रूपमा प्रतिबन्ध लगाएको छ । 

संयुक्त राज्य अमेरिकाले रुससमर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । युएस स्टेट डिपार्टमेन्टले आरटीलाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।

‘सावधानीपूर्वक विचार गरेपछि, हामीले रुसको राष्ट्रिय सञ्चारमाध्यमविरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ,’ मेटाले बताएको छ । ‘रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिका लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरूबाट प्रतिबन्ध लगाइएको छ,’ मेटाले भन्यो  ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रूपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानाडा, युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा औपचारिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।  

आरटीमाथि अमेरिकाविरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रूपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो । 

सन् २०२३ को अन्त्यमा सुरु भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिकाविरुद्ध लगभग दुई हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरू युट्युबमा मात्रै एक करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ ।  मेटाले यसअघि रुसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो । रासस / एएफपी