Skip This
कञ्चनपुरमा अनलाइनबाट नागरिकता सिफारिसकाे तयारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १ मंगलबार १३:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा अनलाइनबाट नागरिकता सिफारिसकाे तयारी 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १३:o८:oo

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब वडा कार्यालयबाट अनलाइन सिफारिस गर्ने तयारी अघि बढाएको हो । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिसको तयारी भइरहेको बताए । उनले भने, ‘अनलाइनबाटै नागरिक सिफारिसको हामीले जिल्लाका सबै वडा कार्यालयका कर्मचारीसँग छलफल गरिसकेका छौँ, आवश्यक प्राविधिक विषयमा पनि हामीले पहिलो चरणमा छलफल गरिसकेका छौँ, केही दिनमै अनलाइन सिफारिस कार्यान्वयन गर्छौँ ।’

यसैबिच कञ्चनपुरमा झन्डै दुई लाखले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले हालसम्म दुई लाख नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको बताए । ‘०७९ कात्तिकसम्म निवेदन दिएका सबैको परिचयपत्र आइसकेको छ,’ प्रजिअ सापकोटाले भने, ‘अहिले एक लाख ७८ हजार परिचयपत्र आइसकेका छन् ।’

जिल्लाका स्थानीय तहमा निवेदन दिएका ८३ हजार र प्रशासनमा झन्डै १५ हजार परिचयपत्र वितरण गर्न बाँकी रहेका छन्। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परीचयपत्र अनिवार्य गरेपछि गत जेठ, असार, साउनमा सेवाग्राहीको चाप थियो । सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवाका लागि सर्वोच्चले राष्ट्रिय परिचयपत्र अनिवार्य नगरेपछि नयाँ परिचयपत्र र परिचयपत्र बनाएका सेवाग्राही उत्साहित भएर नआएको उनले बताए ।

भिडभाड बढेपछि जनशक्ति थपेर पालिकास्तरबाटै फारम संकलन गरिन लागिएको छ । पुनर्वास, कृष्णपुर, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा नगरबाट अनलाइन फारम संकलन र वितरण गरिन लागिएको छ । प्रजिअ सापकोटाले राष्ट्रिय पञ्जीकरण विभागबाट खटिएका अप्रेटरबाट मंगलबार प्रतिबद्धता लिएका छन्।

मंगलबार उनीहरुलाई कार्यकक्षमा बोलाएर यथाशीघ्र परिचयपत्र वितरण गर्न निर्देशन दिएका छन्। राष्ट्रिय पञ्जीकरण विभागबाट खटिएका अप्रेटरहरूले यसै महिनाभित्र परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। पालिका र प्रशासनबाट परिचयपत्र वितरण हुने भएकाले सेवाग्राहीले समयमै आएर बुझ्नसमेत आह्वान गरेका छन्।