१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २५ मंगलबार o९:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

टिभिएसको अफरमा १० लाखसम्म जित्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार o९:५८:oo

 नेपालमा टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ । योजना सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

यस योजनाअन्तर्गत खरिद नगर्दैमा पाँच लाखसम्म र खरिद गरेपछि १० लाखसम्म जित्न सकिने कम्पनीको भनाइ छ । साथै, हरेक सप्ताहमा शततिशत क्यासब्याक जित्ने अवसरसमेत रहेको बताइएको छ । 

साथै, कम्पनीले जीवनभर वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टीविनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ । टिभिएसका ग्राहकलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिने बताइएको छ ।