१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Saturday, 21 September, 2024
सिएनएन
२o७९ फाल्गुण २५ बिहीबार o८:४४:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आइफोनमा ‘मेड इन इन्डिया’को युग कति सम्भव ?

भारत सरकारले मोबाइल फोन उत्पादनमा लगानी आकर्षित गर्ने नीति सुरु गरेको छ

Read Time : > 3 मिनेट
सिएनएन
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार o८:४४:oo

भारत कैयौँ सम्भावनासहित विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने पंक्तिमा छ । यस्तो स्थितिमा अमेरिकी कम्पनी एप्पलले भातरतिर नजर लगाइरहेको छ । कोभिड महामारी र चीनको भूराजनीतिक तनावले गर्दा आपूर्ति शृंखलालाई बचाइराख्न पनि एप्पलको नजर भारतमा परेको छ ।

चीनको राजधानी बेइजिङको ठूलो क्षेत्रीय प्रतिस्पर्धी भारतले यो अवसरलाई जतिसक्दो उपयोग गर्न चाहन्छ । यसैलाई लक्षित गर्दै गत महिना भारतका एक मन्त्रीले क्यालिफोर्नियामा आधारित कम्पनीले दक्षिण एसियामा आफ्नो कुल उत्पादनको एकचौथाइ उत्पादन बढाउन चाहेको बताएका थिए ।

भारतको वाणिज्य एवं उद्योगमन्त्री पियूष गोयलले एप्पलले पहिल्यै ५ देखि ७ प्रतिशत उत्पादन भारतमा गरिरहेको बताउँदै कम्पनीको अबको लक्ष्य भनेको २५ प्रतिशत उत्पादन गर्ने रहेको बताएका थिए । उनको भनाइ यस्तो वेलामा आयो, जतिवेला चीनस्थित एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकन कम्पनीले आपूर्ति शृंखलामा गिरावट आएको भन्दै भारतमा आफ्नो सेवा भारतमा विस्तार गर्न चाहेको थियो ।

वर्षौंदेखि एप्पलको चीनस्थित आइफोन, आइप्याड र अन्य चल्तीका सामान उत्पादन गर्ने उत्पादन नेटवर्कमा भर पर्दै आइरहेको थियो । तर, चीनको सख्त शून्य कोभिड नीतिले देशभर निर्भरता परीक्षण गर्‍यो । साथै, गत डिसेम्बरमा त्यसलाई खारेजसमेत गर्‍यो । गत वर्षको मध्यदेखि एप्पलले भारतमा गरिरहेको लगानीलाई दोब्बर बनाउने कोसिस गरिरहेको छ । तर, तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले लगानीअनुसार परिणाम दिन सक्ला ?

बजार अनुसन्धान फर्म काउन्टर प्वाइन्टमा शोधनिर्देशक रहेका तरुण पाठकका अनुसार यो सम्भव छ । यद्यपि, रातारात हुन भने सक्दैन । त्यसका लागि समय र धैर्य दुवै चाहिन्छ । करिब अढाई दशकयता एप्पलको निर्भरता चीनमाथि हुँदा उसले समग्र ‘इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरिङ इकोसिस्टम’ विकसित गरेको छ । कम्पनीले आफ्नो उत्पादनको ९५ प्रतिशत फोन चीनमै बनाउँछ । 

गत वर्षको मध्यदेखि एप्पलले भारतमा गरिरहेको लगानीलाई दोब्बर बनाउने कोसिस गरिरहेको छ । तर, तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले लगानीअनुसार परिणाम दिन सक्ला ? बजार अनुसन्धान फर्म काउन्टर प्वाइन्टमा शोधनिर्देशक रहेका तरुण पाठकका अनुसार यो सम्भव छ । यद्यपि, रातारात हुन भने सक्दैन ।

चीनको टाउको दुखाइ :  हालसालै चीनमा सिर्जित समस्याका कारण मूल्यवान् कम्पनी एप्पलले आम्दानी कम भएको रिपोर्ट प्रकाशित गरेको छ । चीनमा गत अक्टोबरदेखि समस्या सुरु भयो । कोभिड महामारीकै बीचमा श्रमिक आइफोन उद्योग फक्सकन छाडेर भाग्न बाध्य भए । दक्ष श्रमिकको संकट पर्न थालेपछि कम्पनीले बोनस दिने घोषणासहित श्रमिकलाई काममा फर्कन आग्रह गर्‍यो । तर, व्यवस्थापनले नयाँ नियुक्ति भएका कर्मचारीसँग गरेको प्रतिबद्धता पूरा गर्न अस्वीकार गरेपछि गत नोभेम्बरमा आन्दोलन सुरु भयो । कम्पनीले रकम लिएर कार्यक्षेत्र छोड्न गरेको प्रस्तावअघि नै श्रमिकहरू सुरक्षा अधिकारीविरुद्ध संघर्षमा उत्रिए । 

अहिले ग्वान्झाउको विशाल परिसरमा रहेको उत्पादन कार्य सामान्य अवस्थामा फर्किएको छ । तर, मुख्य किनमेलको सिजनमा आइफोन १४ प्रो र प्रोम्याक्स मोडेलको आपूर्ति शृंखलामा बाधा उत्पन्न गर्‍यो । चीन–अमेरिकाबीचको तनाव बढ्ने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले विनाअनुमतिपत्र चिनियाँ कम्पनीलाई विशिष्ट चिप्स र चिप्स बनाउन प्रयोग हुने सामग्री खरिदमा रोक लगाएको छ । यद्यपि, अमेरिका महत्वपूर्ण उत्पादनका लागि चीनमै निर्भर रहन सक्ने अनुमान गरिएको छ । तर, अमेरिकाले जे गर्न खोजिरहेको छ, त्यसले आपूर्ति शृंखलाको विविधीकरणलाई लक्षित गर्छ, ताकि भोलि चीनसँग कुनै मनमुटाव हुँदा सहजै अर्को विकल्प बनोस् । 

एप्पलका सिइओ टिम कुकले भारत आफ्ना लागि आशाजनक बजार रहेको बताइरहेका छन् । उनका अनुसार भारतको कारोबारलाई हेर्दा कम्पनीको त्रैमासिक कमाइ ऐतिहासिक दोब्बर बनेको छ । साथै, वार्षिक रूपमा दोहोरो अंकको वृद्धिमा पुगेको छ । यसले भारतमा कम्पनीको प्रदर्शन कस्तो रह्यो भन्ने देखाएको छ ।

यता, विश्वको दोस्रो जनसंख्या रहेको देश भारत चीनलाई पछाडि छोड्ने क्रममा छ । भारतमा बढ्दो जनसंख्या तथा सीपसहितको सस्तो श्रमशक्तिले उत्पादनमा ठूलो भूमिका खेल्न सक्नेछ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको देशले घरेलु बजारलाई पनि प्रस्ताव गरेको छ । सन् २०२३ मा वैश्विक मन्दी कायम रहने डर हुँदा पनि भारतको अर्थतन्त्र भने वृद्धि हुने आकलन गरिएको छ ।

सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्चका अनुसार यदि यो गति जारी रहिरह्यो भने भारत सन् २०३५ सम्म १०० खर्ब डलर जिडिपीसहितको देश बन्नेछ । विश्लेषकका अनुसार भारतको बढ्दो उपभोक्ता आधारले यसलाई भियतनामभन्दा पनि माथि उठाउन सक्छ, जसले इलेक्ट्रोनिक्स उत्पादनमा समेत लगानी आकर्षित गरिरहेको छ । यस्तै, भारत सरकारले मोबाइल फोन उत्पादनमा लगानी आकर्षित गर्ने नीति सुरु गरेको छ । वैश्विक उत्पादनको करिब १६ प्रतिशत स्मार्टफोन उत्पादन भारतमा हुँदै आइरहेको छ भने चीनले ७० प्रतिशत उत्पादन गर्दै आइरहेको छ । 

विश्वको सर्वाधिक बिक्री हुने स्मार्टफोन ब्रान्ड सामसङ एप्पलभन्दा एक कदम अगाडि छ । उसले भारतमा असंख्य मोबाइल उत्पादन गरेको छ । बढ्दो श्रममूल्य र घरेलु बजारका हुवावे, ओप्पो, भिभो र साओमीजस्ता ब्रान्डको कडा प्रतिस्पर्धाले गर्दा सामसङजस्ता कोरियन कम्पनी चीनबाट बाहिरिन थालेका छन् । अहिले सामसङले भारत र भियतनामबाट वैश्विक उत्पादनमा २० प्रतिशत योगदान दिइरहेको छ ।

सन् २०१८ मा सामसङले भारतको नोयडामा मोबाइल कम्पनी खोल्यो । यसलाई विश्वकै ठूलो कम्पनी भनियो । विश्लेषकका अनुसार यो कम्पनीले अन्य कम्पनीका लागि बाटो खोलिदिएको छ । भारतमा उत्पादन हुने एप्पलका सबै डिभाइस ताइवानको फक्सकन, विस्ट्रोन र पेगाट्रोनले गर्छन् । कम्पनीले भारतमा आठ महिनासम्म त एसेम्बल मात्रै गर्‍यो ।

तर, एप्पलले नयाँ आइफोनको बिक्री सुरु भएको दोस्रो हप्तापछि भारतमा नयाँ आइफोन–१४ डिभाइस बनाउन थालेको छ । तर, भारतमा उत्पादन त्यति सजिलो छैन । धेरै चुनौती छन् । विश्व बैंकका अनुसार कुल जिडिपीको १४ प्रतिशत मात्रै भारतमा उत्पादन हुन्छ र सरकार यसलाई बढाउन संघर्षरत छ ।