एकै सिजन १३ दिनको अन्तरमा तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । सिएनएनले आइतबार सार्वजनिक गरेको ‘द एक्सट्रिम एथलेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा पूर्णिमा परेकी हुन् । सिएनएनकी एमी उडयाटले वर्षका उत्कृष्ट आठ साहसी खेलाडीको आलेख तयार पारेकी छिन् ।
‘पूर्णिमाले यस वर्ष इतिहास रचिन् । उनले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान भंग गरिन्,’ उडयाटले भनेकी छिन् । पूर्णिमा गत १२, १९ र १५ मेमा लगातार सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सो लेखमा पूर्णिमाले आफ्नो सगरमाथा आरोहणका क्रममा बटुलेको अनुभव बाँडेकी छिन् । ‘शरीर थकित थियो । मैले आफूलाई मूर्ख केटीजस्तो महसुस गरेकी थिएँ । यो महŒवाकांक्षालाई त्याग्ने सोच पनि बारम्बार आइरह्यो,’ पूर्णिमाले सगरमाथा चढ्दाको थकानबारे बताइन् ।
उनले सगरमाथा आरोहणका क्रममा सपना पूरा गर्नतर्फ लागेको बताइन् । ‘मैले सपनामा ध्यान केन्द्रित गरेँ । सपनाबारे केन्द्रित हुनु सबैभन्दा कठिन कुरा थियो,’ उनले भनिन् । पूर्णिमा विश्वको सातौँ अग्लो हिमाल धौलागिरि चढ्ने पहिलो नेपाली महिलासमेत हुन् । उनले सन् २०२१ मा धौलागिरि आरोहण गरेकी थिइन् ।