भाेटेकाेशी नदीमा एक्कासि आएको बाढीले रसुवामा चार प्रहरी कार्यालय बगाएको छ। ती कार्यालयमा कार्यरत सबै प्रहरी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीले इप्रका टिमुरे, रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेँसी र मेलुङ बगाएको छ । टिमुरमा कार्यरत १६ जना, स्याफ्रुबेँसीका नौजना, रसुवागढीका नौजना र मेलुङका ६ जना प्रहरी सम्पर्कविहीन छन् ।
त्यस्तै, सशस्त्र प्रहरीका पनि टिमुरे बिओपीका नौ कर्मचारी सम्पर्कविहीन रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । चीनतर्फबाटै त्रिूली नदीमा एक्कासि बाढी आएको हो । हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ। बाढीले नुवाकोटमा पनि ठुलो क्षति गरेको छ।