सरकारले २७ सहसचिवको सरुवा गरेको छ। गत ३ भदौमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो ।
सरुवामा अख्तियारका चार सहसचिव फेरिएका छन्। अख्तियारमा कार्यरत बेद भण्डारीको अर्थ मन्त्रालय, रामबहादुर कुरुम्बाङको कर्णाली प्रदेश, पद्मकुमार मैनालीको पूर्वाधार विकास मन्त्रालय र डा. नारायण रेग्मीको योजना आयोगमा सरुवा भएको छ। गोविन्दप्रसाद अधिकारी, सुनिता नेपाल, रामहरि पोखरेलको अख्तियारमा सरुवा भएको छ।
त्यस्तै, भोजपुरमा सिडिओका रूपमा कार्यरत राजन पौडेलको पोखराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ। भोजपुरमा सिडिओको सहसचिवको दरबन्दी कटौती भएको छ।
सरुवासूची