मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १० बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १० बुधबार २o:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रसुवागढी अध्यागमन कार्यालयका प्रमुखसहित चार कर्मचारी सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १० बुधबार २o:o१:oo

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत चार कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। कार्यालय प्रमुख रहेका अध्यागमन अधिकृत यादव भण्डारीसहित नासु दुर्गाप्रसाद पोखरेल, खरिदार पार्वती मानन्धर र एक कार्यालय सहयोगी सम्पर्कविहीन बनेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। 

बाढीको समयमा उनीहरू कार्यालयमै थिए। करिब ८० वटा डिपार्चरसमेत जारी गरिसकेको विभागले जनाएको छ। सो कार्यालयमा अध्यागमनमा पाँच कर्मचारी कार्यरत रहेकामा एक भने बिदामा थिए। बाढीले अध्यागमन कार्यालय पनि बगाएको छ। 

रसुवा भन्सारका १५ कर्मचारी पनि सम्पर्कविहिन रहेको अर्थ मन्त्रालयले जनाएको छ।