मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ९ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ९ मंगलबार १४:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ : अन्जन श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ९ मंगलबार १४:५६:oo

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो ३६ वर्षयता व्यवसायीको मनोबल सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नाडा अटो साेमा बोल्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र निजी क्षेत्रले शिथिल बजार, कमजोर मनोबल तथा चुनौतीपूर्ण व्यापारिक वातावरणको सामना गरिरहेको बताए।

‘झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ,’ उनले भने। उनले नयाँ सरकारले अर्थतन्त्रलाई गति दिने प्रतिबद्धता व्यक्त गरे पनि त्यसका लागि आवश्यक रणनीति कसरी कार्यान्वयन भइरहेको छ भन्नेबारे निजी क्षेत्र स्पष्ट हुन नसकेको बताए।

सरकारले आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ बनाउने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटमार्फत अघि सारेको भए पनि ती लक्ष्य हासिल गर्ने स्पष्ट रणनीति आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रलाई नै ‘रिइन्जिनियरिङ’ गर्नुपर्ने अवस्था आएको भन्दै सरकार र निजी क्षेत्र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार गत आर्थिक वर्षमा नेपालमा करिब १०६ अर्ब रुपैयाँबराबरका अटोमोबाइल क्षेत्रका वस्तु आयात भएका छन्। उक्त आयातबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको उनले बताए। करिब १८ खर्ब रुपैयाँको कुल आयातमध्ये अटो क्षेत्रले मात्रै झन्डै नाै प्रतिशत राजस्व योगदान गरेको उनको भनाइ छ।