हिरासतमा प्रहरी यातनाका कारण विजय रामको मृत्यु, पक्राउ परेका अर्का युवकको मानसिक सन्तुलन गुम्यो
पातलो शरीर, चाउरिएको अनुहार । सेतै फुलेकी ६६ वर्षीया उनका खुट्टामा चप्पलसमेत छैनन् । मध्य दिउँसोको तातो घामले चिटचिट पसिना छुटेका छन् । उनी बेचैन देखिन्थिन् । रौतहटबाट मंगलबार रातभर बसयात्रा गर्दै छोरो भेट्न ललितपुर लगनखेलस्थित मानसिक अस्पताल आएकी हुन् उनी । बुधबार बिहान काठमाडौं ओर्लिएपछि उनले पहिले छोरालाई नै भेटिन् । बाबुआमालाई बुढेसकाल लागेपछि हुर्केका छोराछोरी सहारा बन्छन् । उनलाई भने आफ्नै छोराले चिनेनन् ।
उच्च जोखिममा काठमाडौं उपत्यका : १८१ आइसियू र ७६ वटा मात्र भेन्टिलेटर क्षमता
कोरोनाको संक्रमण उच्च हुँदै जाँदा पछिल्लो समय काठमाडौं उपत्यका सबैभन्दा उच्च जोखिममा परेको छ । उपत्यकामा संक्रमण दर निकै उच्च हुँदै गएको छ । काठमाडौं उपत्यकामा कुल एक सय ८१ आइसियू रहेका छन् जसमध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल आइसियूको ४५.३ प्रतिशत हो ।
देशभर ४३६४ जना नयाँ कोरोना संक्रमित थपिए
देशभर पछिल्लो २४ घन्टामा चार हजार तीन सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौं उपत्यकामा दुई हजार पाँच सय ४० जना रहेका छन् । याेसँगै अहिलेसम्म ९८ हजार ६ सय १७ जनामा काेराेना संक्रमण भएकाे छ ।
अफ्रिकालाई कोरोनाले गलाउन नसक्नुका पाँच कारण
कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध अफ्रिका महादेशका धेरै मुलुकले सशक्त अभियान चलाएकोमा विश्वभर प्रशंसा गरिएको छ । प्रायः अफ्रिकी देशमा राज्यको स्वास्थ्य प्रणाली कमजोर छ । यसका बाबजुत पनि कोरोना महामारीविरुद्ध अफ्रिकी मुलुकले चालेको कदम सफल देखिएको छ ।
युरोपमा कोरोनाको दोस्रो लहर : ७० वर्षपछि जर्मनीमा रातमा कर्फ्यु
युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । यसले युरोपियन मुलुकमा थप समस्या सिर्जना गरेको छ । दोस्रो चरणको कोरोना लहर सुरु भएसँगै युरोपियन मुलुकहरूले विभिन्न रणनीतिक तयारी थालेका छन् ।
भेरी अस्पतालका चार कर्मचारी र घुस खुवाउने ११ व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
भेरी अस्पताल बाँकेका चार कर्मचारी र उनीहरूलाई घुस खुवाउने ११ जना स्थानीय व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीविरुद्ध मुद्दा चलाएको हो ।
ओली-प्रचण्डबीच पार्टी एकीकरण टुंग्याउने एजेन्डाकेन्द्रित छलफल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब साढे दुई घन्टा लामो छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
विशेष अदालतमा साक्षीको बकपत्र अब कात्तिकबाट मात्र
विशेष अदालतले राजधानीमा बढ्दो कोरोना संक्रमणका कारण आफ्नो सेवा संकुचित गरेको छ । अदालतले शुक्रबारबाट आठ दिनका लागि साक्षीको बकपत्र स्थगित गरेको हो । यस अवधिमा अन्य सेवा भने दिइनेछ ।
सवा दुई अर्ब लागतमा दुई सय ६४ स्वास्थ्य संस्था स्तरोन्नति गरिँदै
सरकारले स्थानीय तहअन्तर्गत रहेका दुई सय ६४ स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने भएको छ । ७४ जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरेर ५, १० र १५ बेडको अस्पताल बनाइने भएको हो । यसका लागि सवा दुई अर्ब रुपैयाँ रकम निकासा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कवि लुइस ग्लुकलाई
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन निबन्धकार तथा कवि लुइस ग्लुकलाई दिइएको छ । सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार (१९९३), नेसनल ह्युम्यानिटिज अवार्ड (२०१५) लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् । उनका १२ वटा कवितासंग्रह तथा अन्य पुस्तक प्रकाशित छन् ।