साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कवि लुइस ग्लुकलाई

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन निबन्धकार तथा कवि लुइस ग्लुकलाई दिइएको छ । 

सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार (१९९३), नेसनल ह्युम्यानिटिज अवार्ड (२०१५) लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् । उनका १२ वटा कवितासंग्रह तथा अन्य पुस्तक प्रकाशित छन् ।

लुइस कवितामार्फत् सटिक तरिकाले अभिव्यक्ति दिने शैलीका कारण चर्चित छिन् । उनका कवितामा संवेदनशीलता  र एक्लोपन, पारिवारिक सम्बन्ध र विच्छेद तथा मृत्युमाथि गहिरो अभिव्यक्ति पाइने गर्छ ।

सुझावित समाचार