विशेष अदालतमा साक्षीको बकपत्र अब कात्तिकबाट मात्र

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

विशेष अदालतले राजधानीमा बढ्दो कोरोना संक्रमणका कारण आफ्नो सेवा संकुचित गरेको छ । अदालतले शुक्रबारबाट आठ दिनका लागि साक्षीको बकपत्र स्थगित गरेको हो ।  

यस अवधिमा अन्य सेवा भने दिइनेछ । ‘बकपत्रबाहेकका अन्य नियमित सेवाहरू यथावत् रूपमा सुचारु रहने’ विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । शुक्रबारदेखि अर्को शुक्रबारसम्मका लागि साक्षीको बकपत्र लिन बन्द गरिएको हो । 

१ कात्तिकमा दसैँको घटस्थापना र शनिबार परेकाले २ कात्तिकबाट मात्र बकपत्र लिन सुरु गरिनेछ । कर्मचारीलाई कोरोनाको जोखिमबाट बचाउन यस्तो निर्णय लिइएको अदालतले जनाएको छ ।
 

सुझावित समाचार