१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार १९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरी अस्पतालका चार कर्मचारी र घुस खुवाउने ११ व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार १९:४३:००

भेरी अस्पताल बाँकेका चार कर्मचारी र उनीहरूलाई घुस खुवाउने ११ जना स्थानीय व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीविरुद्ध मुद्दा चलाएको हो । 

आयोगले कम्प्युटर अप्रेरट खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँसहित पक्राउ गरेको थियो । विभिन्न सामान खरिदबापत आएको कमिसन रकम उनीसँग रहेको सूचनाका आधारमा आयोगले कार्यालयमा छापा हानी उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा सो रकम विभिन्न व्यवसायीहरूसँग उठाएको पुष्टि भएको र त्यसमा अन्य कर्मचारीहरूको संलग्नता खुलेको हो ।

उनीहरूले १९ लाख १३ हजार ७० रुपैयाँ नगद तथा जिन्सी लिएको आयोगको दाबी छ । एक लाख ६६ हजार पाँच सय मूल्यबराबरको तीनवटा मोबाइलसमेत बरामद भएको थियो । उनीहरूलाई घुस खुवाएको आरोपमा ११ जना व्यवसायीलाई समेत प्रतिवादी बनाइएको छ ।