|
घर–घरबाटै समातिँदै फरार अभियुक्त : घरेलु हिंसादेखि पत्रकार हत्याका दोषीसम्म पक्राउ |
२ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर अदालतमा बुझायो । तीन दिनबीचमा यति ठूलो संख्यामा अभियुक्त पक्राउ परेपछि स्याङ्जाका एसपी होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीबाट स्याबासी पाए । उनले स्याङ्जा प्रहरीको नेतृत्व सम्हालेको एक महिनामा एक सय पाँचजना पक्राउ परिसकेका छन् ।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनबारे लगातार छलफल चलिरहेका वेला आइतबार बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक नियमित एजेन्डामा निर्णय गर्दै सकिएको छ । आकस्मिक बैठक केही नियमित एजेन्डामाथि निर्णय गर्दै करिब चालीस मिनेटमै सकिएको हो ।
|
मुख्यमन्त्रीले नै ख्याल गरेनन् स्वास्थ्य मापदण्ड : भिडभाडपूर्ण कार्यक्रम, कतिपय सहभागी मास्कविनै |
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गर्दै आएको छ । प्रदेश र स्थानीय सरकारले पनि जनचेतना फैलाउने काम गरिरहेका छन् । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रदेश मन्त्री, सांसदलगायत जनप्रतिनिधि मापदण्डको ख्याल नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
|
दसैँलक्षित बजार अनुगमन : कम्तीमा १० टोलीले दैनिक अनुगमन गर्ने |
दसैँ नजिकिँदै गर्दा सम्भाव्य कृत्रिम अभाव, मूल्यवृद्धि र कार्टेलिङ नियन्त्रणका लागि सरकारका अनुगमनकारी निकायहरूले बजार निरीक्षणलाई तीव्रता दिने योजना तयार गरेका छन् । प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग १५ असोजबाट ठूलो संख्यामा अनुगमन टोली खटाउने तयारीमा जुटेको छ ।
सचिव श्रेष्ठ भन्छन्, ‘सिंहदरबारमा दुई-चारजना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’
उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताएका छन् । ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा-देख्दै शून्यबाट यहाँ पुगेको हो, यसमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै छ,’ उनले भने ।
आइतबार थप १० जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा एक महिला र नौजना पुरुष छन् । आइतबार निधन भएका संक्रमितमध्ये अछामका ३४ वर्षीय एक पुरुष, बर्दियाका ५० र ६३ वर्षका दुई पुरुष, रुपन्देहीका ७२ वर्षीय एक पुरुष, काठमाडौंका ६१ वर्षीया एक महिला तथा ६२ वर्षीय एक पुरुष, ललितपुका ४२ र ७७ वर्षका दुई पुरुष र बाराका २० वर्षीय एक पुरुष रहेको मन्त्रलयले जनाएको छ ।
कोरोना मिटर : देशभर १५७३ जना कोरोना संक्रमित थपिए, ८८५ भए डिस्चार्ज
देशभर पछिल्लो २४ घन्टाको अवधिमा एक हजार पाँच सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा आठ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन भएको छ । ७ असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा आन्दोलन भएको हो ।
स्नायु प्रणालीलाई असर गर्ने विकारहरूमध्ये टाउको दुख्नु पनि एक हो । स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनअनुसार विश्वको आधाभन्दा बढी जनसंख्याले टाउको दुख्ने समस्या भोगिरहेका छन् । टाउको दुखाइ सामान्य र जटिल गरी दुई प्रकृतिको हुन्छ ।
|
लामोदूरीको सवारीसाधन खुलेसँगै काठमाडौं उपत्यका भित्रिनेकोे संख्या बढ्यो |
कोरोना भाइरसको संक्रमण बढेसँगै करिब ६ महिना लकडाउनमा परेका लामोदूरीका सवारीसाधन १ असोजबाट सञ्चालनमा आएका छन् । लामोदूरीको सवारीसाधन सञ्चालनमा आएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ । नजिकिँदै गरेको चाडपर्व र कोरोना भाइरसबाट उत्पन्न समस्या कारण काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने अनुमान गरिएको भए पनि उपत्यका भित्रिनेको संख्यामा वृद्धि भइरहेको महनगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
भारतको दुवै सदनबाट हालै पारित कृषिसम्बन्धी तीन विधेयकको विरोधमा किसान आन्दोलित भएका छन् । उनीहरूले शुक्रबारबाट देशव्यापी रूपमा विरोध प्रदर्शन गरेका थिए । त्यसयता भारतको राजधानी दिल्ली आसपाससहितका विभिन्न सहरमा दिनहुँजसो आन्दोलन भइरहेको छ ।
|
ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा एमिकोने ब्यारेट मनोनयन |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरूको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमिकोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने ट्रम्पको अपेक्षा छ ।