
नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरी आफ्नो सेवा सुरु गरेको छ । दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिननाथ फुयाँल, बैंकका प्रादेशिक कार्यालय प्रदेश नं. ०१ का मुख्य प्रबन्धक सूर्यप्रकाश भट्टलगायत इटहरी, बजार अड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनबारीलगायतका शाखाका शाखाप्रबन्धकहरूसमेतको उपस्थितिमा नयाँ भवन उद्घाटन गरिएको हो ।
कार्यक्रममा दुहबी नगरपालिकाका मेयर गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेका जल्दाबल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको भन्दै अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि शुभेच्छा व्यक्त गरेका थिए ।
नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा–सुविधा नेपाली बैंकहरूमा प्रतिस्पर्धी रहेको बताए ।