मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २० आइतबार १७:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी टी-२० : जिम्बावेलाई हराउँदै भारत समूह विजेता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार १७:५८:oo

आइसिसी टी–२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई ७१ रनले हराएको छ। आइतबार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराउँदै समूह ‘२’ को विजेता बनेको छ।   

भारतले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो। यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाए। बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद सामी र हार्दिक पाण्डेयले दुई, दुई विकेट लिए।  

टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनायो। उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाएका थिए। बलिङतर्फ जिम्बावे सेन विलियम्सले दुई विकेट लिए। 

अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ। आज भएको अर्को खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै यही समूहबाट पाकिस्तान उपविजेता बनेको छ। पाकिस्तान सेमिफाइलनमा न्युजिल्यान्डसँग खेल्नेछ।