१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ कार्तिक १४ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस घोषणापत्र  कार्यान्वयन गर्न पनि प्रदीपले जित्नुपर्छ : आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार o९:१७:oo

कांग्रेसका नेता नरहरि आचार्यले पार्टीको घोषणापत्रलाई हुबहु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले घोषणापत्र कार्यान्वयनका लागि प्रदीप पौडेलजस्ता नेताले जित्नैपर्ने बताए । 

उनले भने, ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब पाँच वर्ष प्रदीपजीले घचघच्याउनुहुनेछ ।’ अहिलेको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रस्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे । ‘जब–जब देशलाई संकट पर्छ, त्यतिवेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन, त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’ 

आचार्यले युवाको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने पनि बताएका छन् । उनले काठमाडौं–५ मा युवाहरूको बलियो टिम रहेको र यो टिमले जिते मात्र काठमाडौं–५ मा विकासका ढोका खुल्ने बताए । 

करिब पाँच वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाँझ साक्षात्कारका लागि उपस्थित भएका हुन् । कार्यक्रममा खेलाडीहरूलाई सम्मान गर्दै खेलाडीको मिहिनेतले देशको गरिमा बढाउने बताए । कार्यक्रममा पौडेलले खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए । ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन, विधिवत् प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नुपर्नेछ । त्यो खेलकुदको माध्यमबाट सम्भव छ ।’  टोखामा आयोजित कार्यक्रममा पौडेलले टोखामा उत्पादन हुने चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।