मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Tuesday, 11 March, 2025
२o७९ कार्तिक ५ शनिबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १८:२३:oo

बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको दंगीशरण गाउँपालिका–२ सिमलकुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दंगीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवैजना आज दिउँसो बबईमा नुहाउन गएका थिए। तुलसीपुर उपमहानगरपालिका–११ र दंगीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरीसँगै गएका थिए। दंगीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदीछेउमै बसेकी थिइन्। दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए।

स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ।