मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Thursday, 19 December, 2024
रासस गण्डकी
२o७९ असोज २९ शनिबार १६:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरामा भाइटीका महोत्सव हुने

Read Time : < 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १६:१o:oo

होटेल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिनेछ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे।

महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार कोभिडकै कारण अघिल्ला दुई वर्ष गर्न नसकिएको महोत्सवलाई विगत वर्षदेखि पुनःनिरन्तरता दिन थालिएको हो। महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएरसमेत आउने अपेक्षा गरिएको छ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्न यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय गतिविधिका रूपमा स्थापित भएको संघले जनाएको छ।