मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Tuesday, 11 March, 2025
२o७९ असोज ३ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सामाजिक फिल्म मन पर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार ११:४४:oo

मलाई राजनीति र सामाजिक कथामा आधारित फिल्म मन पर्छ । इतिहास र लभस्टोरी पनि रोजाइमा पर्छ । कथा जुनसुकै विषयको भए पनि मलाई ह्याप्पी इन्डिङ मन पर्छ । एक्सन फिल्म पनि हेर्छु । मेरो श्रीमान् र छोराहरूलाई एकदमै एक्सन फिल्म मन पर्छ । अंग्रेजी फिल्म पनि हेरिरहन्छु । प्रायः स्याड मुभी हेर्दिनँ । चुजी पनि भएकी छु । 

फिल्म हेर्न लखनउ गइन्थ्यो
मैले बच्चैदेखि फिल्म हेर्न थालेकी हुँ । सानोमा बुबाआमासँग फिल्म हेर्न गइन्थ्यो । ऋषि कपुरका पुराना फिल्महरू याद आउँछ । बाल्यकालमा ‘खेल खेल में’ फिल्म हेरेको सम्झना छ । नेपालीमा गीतिनाटक मुनामदन हेरेकी थिएँ । सिन्दूर पनि पुरानो हो । 

विवाहपछि नेपालगन्ज बस्दा फिल्म हेर्न लखनउ पुगिन्थ्यो । इन्डियामा भएजस्ता स्ट्यान्डर्ड हल नेपालगन्जमा नभएकाले पनि हप्ता–दश दिनमा लखनउ पुगिन्थ्यो । नेपालगन्जबाट लखनउ तीन घन्टाको यात्रा थियो । दुई दिन बस्यो । राम्रो रेस्टुरेन्टमा गयो, खायो । अलिअलि किनमेल गरेर फर्कियो । सामान पनि किनेर ल्याउँथ्यौँ । अहिले त नेपालगन्जमै स्तरीय हलहरू खुलिसके । क्युएफएक्स नै सञ्चालनमा आइसकेको छ ।