मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Tuesday, 11 March, 2025
गणेश लम्साल विराटनगर
२o८१ फाल्गुण २७ मंगलबार o८:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विराट गोल्डकप : चर्च ब्वाइजले थ्री स्टारको सामना गर्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार o८:५८:oo

नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा चर्च ब्वाइजले बुधबार थ्री स्टारको सामना गर्ने भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले सोमबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्बललाई १–० ले हराउँदै उपाधिका लागि थ्री स्टारविरुद्धको समीकरण पक्का गरेको हो । 

चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याउन लाक्पा पाख्रिनले एक मात्र गोल गरेका थिए । खेलको ७०औँ मिनेटमा लाक्पाले एबायोमीले दिएको सटिक पासमा चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो । लाक्पाले ७०औँ मिनेटमा गोल गरेका थिए । थ्री स्टारले आइतबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–२ ले हराएको थियो । चर्च ब्वाइजले क्वार्टफाइलनमा एनआरटीलाई २–० ले हराएको थियो । 

चौथो संस्करणको विजेता पुलिसले चर्च ब्वाइजविरुद्ध दुवै हाफमा गोल अवसर पाएको थियो । तर, उत्कृष्ट फिनिसिङ नहुँदा पुलिस अन्तिम चारबाटै बाहिरिएको छ । चर्च ब्वाइजले यो सिजनमा २४औँ आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुलिससँग व्यहोरेको हार बदला लिएको छ । खेलमा चर्च ब्वाइजका गौरव श्रेष्ठले उत्कृष्ट खेलाडी हुँदै ११ हजार रुपैयाँ पाए । विराट गोल्डकपको बिजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।