१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्थ इतिहास
२०७९ असोज ३ सोमबार १०:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘हिउँचितुवा’ अर्थात् पर्वतारोही आङरिता शेर्पा

Read Time : < 1 मिनेट
अर्थ इतिहास
२०७९ असोज ३ सोमबार १०:२१:००

चर्चित पर्वतारोही स्व. आङरिता शेर्पाले सुन्दै किंवदन्तीजस्तै लाग्ने कीर्तिमान कायम गरेका छन् । उनले विनाअक्सिजन १० पटकसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । अक्सिनको सहायताविनै सगरमाथालगायत हिमाल चढ्ने भएकैले उनलाई पर्वतारोहण जगत्ले ‘हिउँचितुवा’को उपनाम दिएको थियो ।

शेर्पाको जन्म सोलुखुम्बुको थमोमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । १५ वर्षको उमेरमै भरियाका रूपमा पर्वतारोहण सुरु गरेका आङरिताले १० पटकसम्म विनाअक्सिजन सगरमाथा चढेर विश्वलाई नै आश्चर्यचकित पारेका थिए । उनले पहिलोपटक २० वर्षको उमेरमा चोयु हिमाल आरोहण गरेका थिए । विनाअक्सिजन पहिलोपटक सन् १९८३ मा सगरमाथाको शिखर चुमेका थिए ।

उनको विनाअक्सिजन सगरमाथा चढेको रेकर्ड अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । उनी आरोहणकै क्रममा बिरामी भएपछि आरोहण यात्रामा पूर्णविराम लागेको थियो । उनको ५ असोज ०७७ मा आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको हो ।