![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/airliance2022-08-23-11-04-11.jpeg)
नेपालको पहिलो वायुसेवा कम्पनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) हो । ०१५ सालमा शाही नेपाल वायुसेवा निगम (आरएनएसी)का रूपमा स्थापित भएको निगम देशकै पुरानो विमान सेवाप्रदायक हो ।
गणतन्त्र आएपछि शाही हटाएर नेपाल वायुसेवा निगम नामकरण गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको एनएसीले डगलस डिसी–३ डकोटा विमानबाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो ।
डकोटा विमानबाट सिमरा र पोखरामा तथा भारतको पटना, कोलकाता, दिल्लीमा उडान सुरु गरेको निगमले ०२८ सालमा आफ्नो पहिलो जेट विमान बोइङ–७२७ सञ्चालनमा ल्याएको थियो । यस्तै, निगमका दुईवटा बोइङ–७५७ झन्डै तीन दशक उडान गरेर ग्राउन्डेड छन् ।
अहिले निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर मात्र छन् । चीनबाट ल्याएका ६ विमान ग्राउन्डेड छन् । अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस–३३० र न्यारोबडी–३२० जहाज रहेका छन् ।