मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार १३:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णालीलाई आठौँ झट्का, गुल्सन २५ रन बनाएर आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १३:५१:oo

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले आठौँ विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले सय रन पूरा गर्दा आठ विकेट गुमाएको हो।

१६ ओभरको खेल सकिँदा कर्णालीले १०३ रन जोडेको छ। गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदा देव खनालले २४ रन जोडे। अघिल्लो खेलमा अर्धशतक पूरा गरेका जयकिशन कोल्सावाला चार बलमा एक रन मात्र जोडेर पेभिलियन फर्किए। विलियम बोसिस्टोले १४ र जिसन मक्सुदले १२ रनको योगदान गर्दा चाडविक वाल्टनले ११ रन बनाए।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोसिनले समान दुई विकेट लिँदा जेम्स निसम, हर्ष थाकर र शेर मल्लले समान एक विकेट लिए।

आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।