१४ वैशाख ०१३ सालमा केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भयो । पहिलो गभर्नर बने, हिमालयशमशेर राणा । त्यसयता राष्ट्र बैंकमा १७ जना गभर्नर नियुक्त भइसकेका छन् ।
तत्कालीन राजा महेन्द्रले १ पुस ०१७ मा राजनीतिक ‘कु’ गरेसँगै २५ पुसमा पहिलो गभर्नर राणाको पद फुत्कियो । त्यसपछि लक्ष्मीनाथ गौतम दोस्रो गभर्नर बनेका थिए ।
त्यसयता प्रध्युमालाल राजभण्डारी, डा. भेखबहादुर थापा, डा. यादवप्रसाद पन्त, कुलशेखर शर्मा, कल्याणविक्रम अधिकारी, गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरञ्जीवी नेपाल र महाप्रसाद अधिकारी गभर्नर नियुक्त भइसकेका छन् । ६ अप्रिल २०२० मा नियुक्त भएका गभर्नर अधिकारी अहिले बहालवाला छन् ।